शिक्षक लाइसेन्स नतिजा सार्वजनिक

1036
  •  
  •  
  •  

काठमाडौं ३ भदौ (ओएनएस) : शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक भएको छ। शिक्षक सेवा आयोगले नौ महिनापछि मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सामेल निम्न माध्यमिक र माध्यमिक तह गरी १ लाख १३ हजार ९ सयमध्ये ४० प्रतिशत उत्तीर्ण छन् । परीक्षा गत मंसिर २८ र २९ गते देशभरिका शिक्षा कार्यालयमा लिइएको थियो । शिक्षाशास्त्र संकायमा पढेर लाइसेन्स लिएपछि मात्र सामुदायिक विद्यालयमा पढाउन पाउने प्रावधान छ ।
लाइसेन्स प्राप्तले स्थायी दरबन्दीमा प्रतिस्पर्धा गर्न पाउँदछन् ।


  •  
  •  
  •