मावि र निमावि तहका शिक्षकको सिफारिस एकैसाथ

256
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस) : शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरुको सिफारिस एकैपटक गरिने भएको छ ।

माध्यमिकतहका शिक्षकहरुको नतिजासँगै सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा सिफारिसको तयारीमा आयोग लागेको भए पनि यसबीचमा निम्नमाध्यमिक तहको पनि सम्पूर्ण नतिजा आएका कारण दुवै तहका शिक्षकको सिफारिस गर्ने गरी तयारी गरिएको हो ।

आयोगका अनुसार परीक्षामा उत्तीर्ण माध्यमिक तहका २ हजार २८६ निमाविका करिब २ हजार ७५० जना शिक्षकहरुलाई केही दिनभित्रमा एकसाथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरु सिफारिस गरिनेछ । निमावि तहका शिक्षकहरुको जिल्ला शिक्षा कार्यालयमा सिफारिसको तयारीमा आयोग लागेका कारण प्राथमिक तहको नतिजा प्रकाशनमा ढिलाइ भएको छ । ७ हजार ८०० को सङ्ख्यामा आवश्यक प्राथमिकतहका शिक्षकहरुका लागि आयोगले प्रतियोगीहरुको अन्तर्वार्ता लिइसकेको छ ।


  •  
  •  
  •