विदेशीलाई स्थायी शिक्षक नियुक्ती !

102
  •  
  •  
  •  

काठमाडौं, १५ असोज :शिक्षक सेवा आयोगले नेपाली नागरिकताका आधारमा भन्दै विदेशीलाई स्थायी शिक्षकमा नियुक्ति दिएको छ । आयोगले गत वर्ष शिक्षक पदपूर्तिका निम्ति लिएको परीक्षामा सोलुखुम्बुमा शिक्षण गर्दै आएका हेमन्तकुमार सिंहलाई स्थायी निुयुक्ति दिएको हो ।उनी अंग्रेजी विषय शिक्षकका रुपमा छनोट भएका हुन् ।

सिंहलाई नियुक्ति दिने आयोगको निर्णयविरुद्ध उजुरी परेको तीन महिनापछि सोमबार नियुक्ति दिने निर्णय गरेको हो । सिंह भारतको पुर्णिया जिल्लाका नागरिक हुन् । उनले २०६३ माघमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट च्यानम–६ ठेगानामा पत्नी रिता शर्माका नामबाट आंगिकृत नागरिकता प्राप्त गरेका छन् । नेपाली नागरिकता लिए पनि भारतीय नागरिकता न्यागे–नत्यागेको बारेमा भने प्रमाण जुटाइएको छैन । सिंहले २०४९ देखि नेचाबतासेस्थित हिमाल दर्शन उच्चमाविमा अस्थायी अध्यापन गर्दै आइरहेका छन् ।

 कान्तिपुर दैनिक

  •  
  •  
  •