
काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँगको वार्ता निष्कर्षमा पुग्ने न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन्।
शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका छन्। मन्त्रीहरुसँगको छलफलपछि शिक्षकका नेताहरुसँग वार्ता जारी छ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए। उनले आज छलफल निष्कर्षमा पुग्ने बताए।