शिक्षक महासंघलाई सरकारले बोलायो वार्तामा

72
  •  
  •  
  •  

काठमाडौं । शिक्षा मन्त्रालयले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गरी महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेको हो ।

‘महासंघले आकस्मिक रूपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यूको संयोजकत्वमा मिति २०८० साल आस्विन २ गते दिनको ३ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले महासंघले घोषणा गरेको आन्दोलनका प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसदमा दर्ता गरिसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त विधेयकलाई अन्तिम रूप दिनुअघि महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको पनि उल्लेख गरेको छ । साथै महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावलाई विधेयकमा यथासक्य समावेश गरिएको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here