एक किलो चियाको मूल्य पौने २ लाख !

314
  •  
  •  
  •  

इलाम, २४ भदौ ।  तपाईं हामीले पिउने चियाको मूल्य सामान्यतः प्रतिकप १० दखि २० रुपैयाँ पर्छ । त्यो चिया प्रतिकिलो दुई–चार सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । तर एउटा भारतीय उद्योगले अपत्यारिलो मूल्यमा चिया बिक्री गर्दैछ ।

विषादी प्रयोगले तेस्रो मुलुकमा नेपाली चियाको बजार ओरालो लागिरहेका बेला नजिकैको खरसाङस्थित मकैबारी टी स्टेटले भने एक किलो चिया झन्डै एक लाख ८० हजार रुपैयाँमा बेच्न थालेको हो ।

संसारमा सबैभन्दा बढी चिया खपत हुने भारतले नै सबैभन्दा महँगो चिया उत्पादन गरिरहेको यसबाट पुष्टि भएको छ । भर्खरै भारतीय सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशित समाचारअनुासर खरसाङको मकैबारी टी स्टेटले प्रतिकिलो एक हजार आड सय ५० डलर (नेपाली एक लाख ७८ हजार रुपैयाँ) मा चिया बेच्न लागेको हो । जापान,बेलायत र अमेरिकामा त्यहाँको चिया उच्च माग छ । आजको नागरिक दैनिकमा खबर छ ।


  •  
  •  
  •