एमालेको चियापन कात्तिक १ मा

139
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : एमालेले कात्तिक १ गते चियापान गर्ने भएको छ । विगतका वर्षमा जस्तै यसपाली पनि एमालेले चियापान कार्यक्रमको आयोजना गरेको एमालेले जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै चियापान दुई चरणमा गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक १ गते अपरान्ह १२ देखि २ बजेसम्म सर्वसाधारण तथा पार्टी कार्यकता एवं समर्थकहरुलाई र २ बजेदेखि ४ बजेसम्म विशिष्ट व्यक्तित्वहरुका लागि समय निर्धारण गरेको छ ।

चियापानमा एमालेले राजनीतिक दलका प्रमुख नेताहरु, संवैधानिक निकायका पदाधिकारी र सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा अंगका जिम्मेवार व्यक्तित्वहरु, कानुन व्यवसायीहरु, पत्रकारहरु, कलाकारहरु, उद्यमी व्यवसायीहरुलगायतलाई आमन्त्रित गरेको छ ।

२०५१ सालदेखि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले दशैं तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको सन्दर्भ पारी चियापान कार्यक्रमको आयोजना गर्ने परम्परा थालनी गरेपनि त्यसैको निरन्तरतास्वरुप हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ ।


  •  
  •  
  •