एमालेको चियापानमा नेताहरुको घोचपेच

94
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : नेकपा एमालेले विजया दशमी, दिपावली, बकर इद तथा छठको अवरसमा शनिवार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पनि नेताहरुले सहमति रटान रट्दै एक अर्कालाई सार्वजनिक रुपमै घोचपेच गरे ।

चियापानमा नेकपा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ एउटै लहरमा बसेका थिए । ेपत्रकारहरुले एमाऑेवादी अध्यक्ष प्रचण्डलाई प्रश्न गरे कसरी सहमति हुन्छ ? प्रचण्डले पनि तत्कालै प्रतिक्रिया दिई हाले ‘ आधार पछिल्लो समयमा दलहरुवीच जुन हिसावमा छलफल भएको छ, त्यसको आधारमा सहमति हुन्छ । सहमतिमै माघ ८ मा संविधान जारी हुन्छ । ’ त्यसपछि पत्रकारहरुले फेरि सोधी हाले ‘ जनविद्रोहको कुरा गर्नु भएको छ रु ’ प्रचण्डले स्पष्टिकरण दिदै भने ‘मैले जनविद्रोहको कुरा गरेकै छुईन । मैले त अहिलेसम्म भएका सबै सम्झौता तोड जनताले शान्तिपूर्ण विद्रोह गर्छन भनेको हो । ’

प्रचण्डले बोली नभ्याउँदै नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बोले ‘ प्रचण्डजी जनविद्रोहका कुरा नगर्नुस, अब लचिलो हुने पालो तपाईको हो । तपाई काग्रेसको सात प्रदेशमा आउनु पर्छ । आन्दोलनको कार्यक्रम फिर्ता गर्नु पर्छ । प्रचण्ड पनि के कम तत्कालै प्रतिक्रिया दिई हाले ‘ काग्रेसपनि त लचिलो हुनु पर्यो नि । ’
प्रचण्डको मुड देखेर देउवाले ‘ मैले त हासी हासी कुरा गरेको थिए । रिसाएर तपाईलाई भनेको होईन । ’ भनि स्पष्टिकरण दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ‘आफूले सहमतिको लागि चियापान कार्यक्रमको आयोजना गरेकोले आज अप्रिय कुरा गर्दिन, सहमतिमै माघ ८ मा संविधान जारी हुनु पर्छ । यो हाम्रो बटमलाई न हो । आजको दिन सहमतिको कुरा गर्नुस । सबै सहमतिको लागि तयार हुनु पर्छ । संविधान माघ ८ मा आउनु पर्छ । जुन सुकै प्रक्रियाबाट आए पनि । ’
एमाले नेता माधव नेपालले पनि सविधान ८ मै संविधान आउनु पर्ने भन्दै त्यो प्रचण्डकै हातमा भएको बताए । उनले प्रचण्डलाई सहमतिको लागि पहल गर्न पनि सुझाव दिए ।
प्रचण्डले पनि त्यसको लागि माधव नेपाललाई धन्यबाद दिदै १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौतादेखि आफू सहमतिको लागि लागेको उल्लेख गर्दै सहमतिहरुलाई कार्यान्वयन गरे आफू सहमतिको लागि तयार रहेको स्पष्ट पारे ।
देउवा पनि विचमै मैले पनि सहमतिकै कुरा गरेको हो, आन्दोलनको कुरा बन्द गर्नुस भनि धारणा राखे ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिबाटै संविधान आउने दावी गर्दै त्यसको लागि गंभिर पहल गर्नु पर्नेमा जोड दिए ।

नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संबैधानिक राजनीतिक संबाद तथा सहमतिको सहमतिको म्याद एकसातालाई थपिने स्पष्ट पार्दै कार्तिक १५ भित्र सहमति नगरे माघ ८ मा संविधान आउन नसक्ने ठोकुवा गरे ।


  •  
  •  
  •