भोलिदेखि ट्याक्सीले हप्तामा १० लिटर मात्र पेट्रोल पाउने

284
  •  
  •  
  •  

काठमाडौँ, १६ असोज(ओएनएस) : नेपाल आयल निगमले भोलिदेखि ट्याक्सीलाई हप्तामा एक पटक १० लिटर मात्र पेट्रोल दिने भएको छ । यसअघि ट्याक्सीले दैनिक १० लिटर पाउने व्यवस्था थियो ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार भोलिबाट ट्याक्सीलाई हप्तामा एक पटक जोर र बिजोर प्रणालीका आधारमा १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय भएको छ । सार्वजनिक सवारी साधनलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाउने निगमले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिँइदै आएको निगमले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक ३ सय ५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर आउने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको सङ्कट भएको छ ।


  •  
  •  
  •