ट्याक्सी सञ्चालन गर्न दिन सरकारलाई निर्देशन

214
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक यातायात सञ्चालनका विषयमा बुधबार विकास तथा प्रविधि समितिमा भएको सरोकारवालाहरू सँगको छलफलपछि उक्त निर्देशन दिइएको हो।

समितिको निर्देशनमा भनिएको छ, “विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीएमसी० ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।”

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशका कारण ३ महिनाभन्दा बढी समयदेखि ट्याक्सी सञ्चालन हुन सकेका छैनन्।

लकडाउन केही खुकुलो भएको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरूले गर्दै आएका थिए।


  •  
  •  
  •