ट्याक्सीको भाडा वृद्धि

249
  •  
  •  
  •  

काठमाडौं, ८ जेठ(ओएनएस) : नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वसाधारणले प्रयोग गर्ने ट्याक्सीको भाडा वृद्धि गरेको छ ।


विभागले भाडा समायोजन गर्दै मूल्यवृद्धि गरेको हो । यसअघि २०७५ असोजमा सार्वजनिक बसमा भाडा बढेको थियो । सोही अनुपातमा विभागले ६ हजार ८७ ट्याक्सीको भाडा बढाएको हो । काठमाडौंमा १० हजार ६ सय ट्याक्सी चल्नछन् । दैनिक करिब १ सय ट्याक्सीको भाडा समायोजन भइरहेको छ ।

यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णय कार्यान्वयन गरिरहेको नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

बढेको भाडा मिलाउन आउने ट्याक्सीको मिटर र प्रिन्टर मेसिन ठीक छ छैन भनेर हेर्ने र सबै ठिक पाइए भाडा समायोजन गरिने उनको भनाइ छ ।

विभागले यसअघि नै ट्याक्सीमा बिल प्रिन्ट हुने प्रिन्टर मेसिन जडान गरिसकेको छ ।
नयाँ भाडादरअनुसार ट्याक्सीमा बसेपछि सुरुमा १५ रुपैयाँ र त्यसपछि एक किलोमिटर गुडेपछि ५३ रुपैयाँ उठ्नेछ ।


  •  
  •  
  •