२०१८ सम्ममा भन्सार प्रणालीलाई व्यापक रुपान्तरण गर्ने

135
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) : भन्सार विभागका महानिर्देशक  सूर्यप्रसाद आचार्यले  भन्सार प्रणालीलाई सन् २०१८ सम्ममा व्यापक रुपान्तरण गर्ने बताएका छन् ।

बैध व्यापारलाई सहजीकरण गर्ने, तोकिएको राजश्व संकलन र काननूको पालना मार्फत सामाजिक संरक्षणमा केन्द्रित रहेर भन्सारको भन्सारको आधुनिकीकरण गर्ने योजना भएको उनले जानकारी दिए ।

विहीवार राजधानिमा आयोजित एक भन्सार व्यवस्थापन तथा मूल्याङ्कन गोष्ठी उनले वेभ वेष्ड प्रणालीमा प्रणालीमा समेत जाने गरि रणनीति सहित अगाडि बढिरहेको  बताए ।

सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले देशको बढ्दो आयातका कारण भन्सारको राजश्व वृद्धि बढी भएतापनि निकासी व्यापारको हिस्सा अर्थतन्त्रमा नगण्य मात्र वृद्धि भएकोले व्यापार घाटा बढ्दो रहेको बताए ।
देशको राजश्व असुलीमा भन्सार विभाग र मातहातका कार्यालयहरुको महत्वपूर्ण भूमिका रहेको उनले जानकारी दिए । साथै देशको कूल राजश्व असुली मध्ये भन्सारको योगदान उल्लेखनीय रहेको, लक्ष्य अनुसार राजश्व असुली भैरहेको उनले बताए ।
अर्थ मन्त्रालयका सहसचिव  राजन खनालले भन्सार प्रशासनले कारोबार मूल्यलाई प्राथमिकता दिनुपनमा जोड दिए ।

कार्यक्रममा नायब महालेखा परिक्षक रामप्रसाद डोटेलले   लेखापरिक्षणको समयमा पुष्ट्याई प्रमाण पेश नगरेका कारणले बेरुजु बढेको गुनासो गरे ।


  •  
  •  
  •