राजस्व संकलन झण्डै १५ प्रतिशतले वृद्धि

289
  •  
  •  
  •  

unnamedकाठमाडौं, २० माघ (ओएनएस) :  आर्थिक वर्ष २०७१/०७२ पुस मसान्त सम्ममा गएको वर्षको सोही अवधिको तुलनामा झण्डै १५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/०७२ को पुस महिना सम्ममा ७२ अर्व ४१ करोड ४१ लाख ४७ हजार रुपैंयाँ राजश्व संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७०/०७१ को ुिस मसान्तसम्ममा ६३ अर्व ११ करोड ७० लाख ११ हजार २ सय ४४ रुपैंयाँ राजश्व संकलन भएको विभागका महानिर्देशक चुडामणि शर्माले बताए । उनले भने, “गएको वर्षको यह अवधिमा ६३ अर्व ११ करोड ७० लाख ११ हजार २ सय ४४ रुपैंयाँ राजश्व संकलन भएको यो वषर््को सोही अवधिमा हामी ७२ अर्व ४१ करोड ४१ लाख ४७ हजार रुपैंयाँ राजश्व संकलन गर्न सफल भएका छौं । यस आर्थिक वर्षको पहिलो ६ महिनामा हामीले लक्ष्यको ९६ प्रतिशत सफलता हात पारेका छौं ।”

आर्थिक वर्ष २०७१/०७२ को पुस महिना सम्मको लक्ष्य ७५ अर्व ६३ करोड ५५ लाख २९ हजार रुपैंयाँ रहेकोमा यस आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर ३९ अर्व ३१ करोड रुपैंयाँ, मूल्य अभिवृद्धि कर १८ अर्व ९७ करोड र अन्तःशुल्क १३ अर्व ५० करोड रुपैंयाँ संकलन भएको विभागले जनाएको छ ।

महानिर्देशक शर्माले भने, “गत वर्षको तुलनामा आयकर तर्फ १४ दशमलव ७९ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १७ दशमलव ४२ प्रतिशत, अन्तशुल्कतर्फ १० दशमलव ८५ प्रतिशत, स्वास्थ्य सेवा कर तर्फ ३३ दशमलव ०४ प्रतिशत र शिक्षा सेवा शुल्क तर्फ ३ दशमलव ९२ प्रतिशतले बृद्धि भएको छ ।”

राजस्व संकलनलाई उच्च प्राथमिकता दिई लक्ष्य हासिल गर्न १ लाख रुपैंयाँभन्दा बढी बक्यौता राख्ने करदाताको अभिलेख अद्यावधिक गर्न मातहतका कर प्रशासकलाई निर्देशन समेत दिइसकेको महानिर्देशक शर्माको भनाइ छ । उनले भने, “१ लाख रुपैंयाँभन्दा बढी बक्यौता राख्ने करदाताको अभिलेख अद्यावधिक गर्न र कानुनी कारवाही गर्नु पर्ने भए सो समेत गरी असुल गर्न मातहतका प्रमुख कर प्रशासकलाई निर्देशन दिइसकेको छु । हामी लक्ष्य अनुसारको राजश्व संकलन गर्न गराउन प्रतिवद्ध छौं ।”

महानिर्देशक शर्माले कर परीक्षण र अनुसन्धान कार्यलाई गुणात्मक रुपमा यथा समयमै सम्पन्न गर्ने, श्रोतमा गरिने करकट्टीको रकम समयमै कार्यालयमा दाखिला गर्न अनुगमन गर्नेमा जोड दिएका छन् । विभागको समग्र लक्ष्य पूरा नभएको कारण पत्ता लगाउ“दै त्यसमा सुधार गरी राजस्व संकलन लक्ष्य पूरा गर्नुका साथै बजार अनुगमनलाई तीव्रता दिने विषयमा विभाग सचेत रहेको उनको भनाइ छ ।


  •  
  •  
  •