कडाइका साथ कर प्रशासनले बक्यौता रकम उठाउने

538
  •  
  •  
  •  

Taxकाठमाडौं, ५ मंसिर (ओएनएस) : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले वक्यौता भयावह अवस्थामा रहेको बताउदै उपभोक्ताबाट रकम उठाएर राज्यलाई नबुझाउने उपर विभाग कडा रुपले प्रस्तुत हुने बताएका छन् ।

तेस्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७१ को उपलक्ष्यमा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा कर सम्बन्धी अन्तक्र्रिया कार्यक्रम शर्माले बक्यौता रकम उठाउन सम्बन्धित कर प्रशासनका कर्मचारीलाई आफूले निर्देशन दिएको बताए ।

कर प्रणालीमा आवद्ध हुने तर विवरण नबुझाउने, आफैले घोषणा गरेको रकम पनि राज्यलाई नबुझाउ“दा अपराध गरेको ठहर्ने उनलको भनाई थियो ।

कार्यक्रममा कर पुनरावलोकन समितिका अध्यक्ष डा. रुपबहादुर खड्काले सार्क र विकाससिल देशको तुलनामा नेपालको कर प्रणाली राम्रो रहेको बताउनुहु“दै देश एकात्मक प्रणालीबाट संघात्मक प्रणालीमा प्रवेश गर्ने अवस्थामा रहेकाले कर प्रणालीमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाले मुलुकको समृद्धिका लागि करदाताको भूमिका महत्वपूर्ण हुने बताउनुहुदै सरकारलाई पूजीको आवश्यकता पर्ने भएकाले करदाताले त्यो पूरा गरिरहेको बताए । यसैबीच तेस्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह को उपलक्ष्यमा उपत्यकाव्यापी माध्यामिक तथा उच्च माद्यामिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नेशनल आइडियल स्कुलकी कक्षा ९ लोचन तामाङ प्रथम, विभुती प्रज्ञा निकेतनकी मन्दिरा उप्रेती द्वितीय, दिपिका शिक्षा सदनकी स्मृका बस्नेत तृतीय र एपेक्स लाइफ स्कुलकी आश्रा न्यौपाने सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका थिए ।


  •  
  •  
  •