तत्कालीन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

306
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

७८ लाख घुस प्रकरणमा मुछिएका आयुक्त पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार  अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही माग गरेको छ ।

ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ ।

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गेनिङ सम्बन्धि भिडियो सार्वजनिक भइसकेको छ । आयुक्त पाठकले गत फागुन ३ गते पदबाट राजीनामा दिइसकेका छन् ।


  •  
  •  
  •