भमफेदीमा टाटा सुमो पल्टियो, ४ को घटनास्थलमै मृत्युृ

238
  •  
  •  
  •  

काठमाडौं, २ माघ (ओएनएस)  : काठमाडौंबाट हेटौडा जाँदै गरेको ना १ ज ४२७५ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा परी ७ घाइते भएका छन् । मकवानपुर प्रहरीले दिएको जनाकारी अनुसार टाटा सुमो भिमफेदी–कुलेखानी खण्डको जुरीखेल भन्ने ठाँउबाट दुर्घटना भएको हो ।

टाटा सुमो सडकबाट सय मिटर तल खेसेको प्रहरीले जनाएको छ । दिउसो सवा चार बजे भएको दुर्घटनामा परि मृत्यु हुनेको नाम खुल्न सकेको छैन । प्रहरीले दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि हेटौडा ल्याइएको छ ।


  •  
  •  
  •