मकवानपुरको सिस्नेरीमा टाटा सुमो पल्टियो, ६ जनाको मृत्यु, ५ घाइते

169
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस): सुर्खेतमा बस दुर्घटना भएको २४ घण्टा बित्न नपाउँदै मकवानपुनमा फेरि अर्को दुर्घटना भएको छ ।

सोमबार काठमाडौंबाट हेटौडा जाँदै गरेको मध्यमाञ्चल यातायातको ना १ न २४६७ नम्बरको टाटा सुमो सिस्नेरी-५ स्थित पाण्डे डाँडामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ घाइते भएको सिस्नेरी प्रहरी कार्यालयका सई देवेन्द्र रानाले जानकारी दिएका छन् । रानाका अनुसार घाइतेहरुलाई काठमाडौस्थित मेघा अस्पतालमा ल्याइएको छ ।

यसअघि आइतबार साँझ कालिकोटबाट कैलालीको टिकापुरमा आँउदै गरेको बस सुर्खेतमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।


  •  
  •  
  •