फेसबुकले बन्द गरिदियो तसलिमा नसरिनको एकाउन्ट

202
  •  
  •  
  •  

taslima-nasreenकाठमाडौ, ३ बैशाख(एजेन्सी) : फेसबुकले बंगलादेशकी विवादित लेखिका तसलिमा नसरीनको एकाउन्ट इस्लामिक रूढीवादीहरूद्धारा उनीहरूको पोष्टलाई लिएर विरोध गरेपछि बन्द गरिदिएको छ ।

तसलिमाले बुधबार फेसबुको यो कारबाहीलाई गलत भएको भन्दै भनेकी छिन्, ‘मंगलबारदेखी नै मेरो फेसबुक एकाउण्ट बन्द गरिएको छ । पटक-पटक अनुरोध गर्दा पनि फेसबुकका अधिकारीहरूले मेरो एकाउन्ट सुरू गरेका छैनन् । उनीहरूले इस्लामिक रूढीवादीहरूलाई सन्तुष्ट गर्नका लागि यस्तो गरेका हुन् । इस्लामिक रूढीवादीहरू मैले आफ्नो विचार सामाजिक सञ्जालमा पोष्ट नगरोस् भन्ने चाहन्छन् ।

आफ्नै देशबाट निर्वासित भएकी उनले आफ्ना प्रशंसक तथा पाठकबाट आफ्नो सम्पर्क टुटाएको भन्दै फेसबुकको आलोचना गरेकी छिन् । तसलिमाले भनिन्, ‘मलाई बंगलादेश र पश्चिम बंगालमा प्रवेश गर्न रोकिएको छ । मेरा पाठकहरूले मेरो लेख रचनामा प्रतिबन्ध लगाएका कारण पढ्न पाइरहेका छैनन् । यस कारण म आफ्ना पाठकहरूसँग जोडिनका लागि माध्मयको रूपमा फेसबुकको प्रयोग गरिरहेको थिए, तर मलाई यहाँ पनि प्रतिबन्ध लगाइएको छ ।’

उनले भनिन्, ‘फेसबुकलाई नक्कली एकाउन्टमा कुनै तनाव छैन्, जुन मेरो नामबाट चलाइएको छ तर, मेरो आधिकारिक एकाउन्टप्रति भने उनीहरूको आपप्ति रहेको छ र यो मात्र मुस्लिम रूढीवादीहरूलाई सन्तुष्ट गर्नका लागि गरिएको छ, जसले मेरो विचारलाई फैलन दिन चाहँदैनन् ।’

फेसबुकको यो कदमको ललित कला एकेडेमीका पूर्व अध्यक्ष अशोक वाजपेयीले पनि आलोचना गरेका छन् । उनले यसलाई विचारको स्वतन्त्रताको अतिक्रमण भएको संज्ञा दिएका छन् । वाजपेयीले भने, ‘एक लेखकलाई आफ्नो विचार प्रसारित गर्नबाट रोक्नका लागि जे गरिएको छ, त्यो अस्विकार्य छ र यो अतिप्रतिक्रियावादी छ । यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो र हामीले यसविरूद्ध आवाज उठाउनै पर्छ ।’


  •  
  •  
  •