साढे ३३ किलो सुनकाण्डः तत्कालिन आइजिपी अाए शंकाकाे घेरामा, जयबहादुर चन्दलाई नसोध्दा लाेहनी पनि फसे

263
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा तत्कालिन प्रहरी प्रमुख आइजिपी प्रकाश अर्याल पनि शंकाकाे घेरामा अाएका छन्।

गृह मन्त्रालयकाे उच्च स्राेतका अनुसार तत्कालिन अार्इजीपीलाई गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले बयान लिने तयारी थालेको छ ।

बयानका लागि उनलाई छिट्टै छानविनका लागि गठित समितिलेगृह मन्त्रालयलार्इ उपस्थित गराउन पत्र काट्न लगाउने स्राेतले बताएकाे छ।

स्रोतका अनुसार आइतबार अपराध महाशाखा काठमाडौंका पूर्वप्रमुख एसएसपी दिवेश लोहनीको बयान लिए लगत्तै समितिले पूर्वआईजीपी अर्यालसंग बयान लिन लागेको हो ।

लोहनीले आफ्नो मातहतका प्रमुख पूर्वएआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए । अर्यालको सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’सँग पटक– पटक फोनमा कनेक्सन भएको प्रमाण समितिले फेला पारेको छ ।

अर्यालकै सूचनाका आधारमा महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको थियो । जसले गर्दा अर्याल पनि शंकाको घेरामा परेका हुन् । एसएसपी लोहनीले सुरुमा समिति समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए । महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको थियो ।

गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो । मुख्य तस्कर गोरे उपनाममा चुडामणि उप्रेती फरार छन् । प्रहरीले नै ‘गोरे’ भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ।

समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।

खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर, ‘गोरे’सँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

घटनाका मुख्य पात्र महाशाखाका सई बालकृष्ण सञ्जेल र डिएसपी सञ्जय राउत पनि थुनामा छन् । समितिमा शुक्रबार बयान दिएर मोरङ प्रहरीमा पठाइएका महाशाखाका डिएसपी प्रजित केसी पनि मोरङ प्रहरीको निगरानीमा बयान दिइरहेका छन् ।


  •  
  •  
  •