कार्यदलको बैठकले सहमतिका लागि धारणा बनाउने

141
  •  
  •  
  •  

काठमाडौँ, २८ पुस(ओएनएस) : आइतबार र सोमबार हुन नसकेको प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच आज छलफल हुने भएको छ । सरकारी कार्यव्यवस्थाका कारण सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

आज शीर्ष तहमा परामर्श गरेपछि दिउँसो कार्यदलको बैठक बस्ने तयारी भएको कार्यदलका सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिएका छन् । उनले सोमबार बस्न नसकेको बैठक आज बस्ने र उक्त बैठकमा सहमतिका लागि धारणा बनाउने विषयमा छलफल हुने जनाएका छन् ।

कार्यदलले व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भाषा र संघीय प्रदेशको सीमांकन परिमार्जनका लागि बन्ने समितिको कार्यविधिमा छलफल केन्द्रित गर्दै आएको छ । राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकन परिमार्जन गर्ने प्रमुख दलको प्रस्तावमा मोर्चा सहमत भए पनि समितिको कार्यविधि र वैधानिकताका विषयमा सहमति भइसकेको छैन ।

कार्यदल तहमा सहमति जुटेपछि शीर्ष नेताहरुको बैठक बसेर टुङ्गो लगाउने र संविधान संसोधनमार्फत संविधानमा समावेस गरिनेछ ।


  •  
  •  
  •