काठमाडौं, १८ मंसिर(ओएनएस) । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपिएफले दिएको पुरस्कार फिर्ता दिन आग्रह गरेको छ ।
दलले मंगलबार विज्ञप्ति जारी गर्दै एउटा विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति हो । प्रधानमन्त्री ओलीले विवादास्पद संस्थाले दिएको रकम फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने समेत तरुण दलले चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरस्कार ग्रहण गर्नु कानुनविपरीत छ ।’
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्धारा जारी विज्ञप्तिमा तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रस्टाचार भएको आरोप लगाएको छ ।
कार्यक्रमको नाममा भएको खर्चको पनि छानबिन गर्न समेत तरुण दलले सरकारसँग माग गरेको छ ।