तरुण दलका दुई कार्यकर्ता तीन घण्टापछि छुटे

90
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले छोडेको छ ।

युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन पुगेका तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको तीन घण्टापछि प्रहरीले छाडेको हो । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र मीनभवन क्याम्पस इकाइका मन्दीप काफ्लेलाई प्रहरीले त्रिभुवन विमानस्थलको पार्किङबाट कालो झण्डासहित पक्राउ गरेको थियो ।


  •  
  •  
  •