बल्खुको तरकारी बजारमा आगलागी

160
  •  
  •  
  •  

काठमाडौं १८ काक्ति (ओएनएस) : काठमाडौंको बल्खुस्थित तरकारी बजारमा आगो लागेको छ । गएराती लागेको आगो केहीबेरमा नै नियन्त्रणमा आएपनि लाखौको तरकारी निष्ट भएको छ । बरिव साढे एक बजे विद्युत सटभई आगलागी भएको बताइएको छ । प्रहरी र स्थानिय वासिन्दाले दम्कलको सहायतले आधाघण्टामा नै आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन भक्तपुर र काठमाडौंबाट दमकल पुगेका थिए । आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको कालीमाटी प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •