गृहले भन्यो, ‘तरकारी, फलफूल उत्पादन, संकलन, ढुवानी र बिक्री, वितरणमा सहजीकरण गरिरहेका छौं’

87
  •  
  •  
  •  

काठमाडौं । गृह मन्त्रालयले तरकारी, फलफूललगायतका उत्पादन संकलन, ढुवानी र बिक्री, वितरणमा सहजीकरण गरिरहेको जनाएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसमा कसैले अवरोध सिर्जना गरे जो कोही दण्ड सजायको भागिदार हुनुपर्ने जनाएको छ ।
यसबारे गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबारै परिपत्र पनि गरिसकेको छ । गृहले बिक्री वितरणमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगर्न पुनः सचेत गराएको हो ।

सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरेर आयात हुने तरकारी फलफूललाई ढुवानीमा सहजीकरण गर्न विज्ञप्तिमा भनिएको छ ।


  •  
  •  
  •