क्रिकेट संघका कार्यबाहक अध्यक्ष शाहको निधन

382
  •  
  •  
  •  

tarini bikram shahकाठमाडौं १२ माघ (ओएनएस) : नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष तारणीविक्रम शाहको निधन भएको छ । ८४ वर्षको उमेरमा गएराति शाहको निधन भएको हो । लामो समयदेखि फोक्सोको संक्रमणबाट ग्रस्त शाहको आइतबार राति ११ बजेतिर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।

झण्डै ५ दशकदेखि नेपाली क्रिकेटमा सक्रिय रहेका शाह पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष थिए । क्यानका अध्यक्ष टंक आङ्बुहाङलगायतका १० जना पदाधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर्‍याउँदै अख्तियारले निलम्बन गरेपछि शाह कार्यबाहक अध्यक्ष बनेका थिए ।

छोरीहरू बेलायतमा भएकाले शाहको पार्थीव शरीर श्रद्धान्जलीका लागि भोली मात्रै राखिने र भोली नै दाहसंस्कार गरिनेछ ।


  •  
  •  
  •