आवश्यकताको आधारमा बजेट बिनियोजन गर्न माग

300
  •  
  •  
  •  

अछाम, १३ पुस (ओएनएस): लक्षित बर्गको रकम प्रतिशतका आधारमा नभई आवश्यकताका आधारमा बजेट बिनियोजन गर्नुपर्ने माग गरेका छन् ।

अछामका दलित,महिलाहरुले राज्यले विनियोजित गर्ने लक्षित वर्गको रकममा छुट्याउने गरेको भए पनि आफुहरुले उपयोग गर्न नपाएको भन्दै गुनासो गरेका छन् । उनीहरुले दलित र महिलाहरुले लक्षित वर्गको रकम प्रतिशतका आधारमा नभई आवश्यकताका आधारमा रकम विनियोजन गर्न माग गरेका छन् ।

दलित सेवा संघ अछामको आयोजनामा बान्नीगढी जयगढ गाउँपालिका जयगढमा भएको समिक्षा तथा अनुगमन कार्यक्रमका सहभागीहरुले उक्त माग गरेका हुन । दलित तथा महिलाको क्षेत्रमा प्रतिशतका आधारमा बिनियोजन गरीने बजेट प्रयाप्त नभएको सहभागीको भनाई थियो । दलित तथा महिलाका क्षेत्रमा निर्माण भएका निति नियमहरु व्यवहारमा लागु हुन नसकेकोमा कार्यक्रमका सहभागीले दुख व्यक्त गर्दै, लक्षित वर्गको  रकम भौतिक पूर्वाधारहरुमा खर्च गर्ने भएकाले प्रतिशतका आधारमा नभई आवस्यकताका आधारमा बजेट विनियोजन हुनु पर्ने माग राखेका छन् ।
दलित सेवा संघ जिल्ला शाखा अछामका अध्यक्ष अर्जुन ताम्राकारले जातिय छुवाछुतका घटना भएमा वा महिला हिंसा भएमा सहेर बस्न नहुनेमा जोड दिदै सरकारी तथा गैर सरहकारी संघ सस्थाको पहलमा जातिय हिंसा र महिला हिंसाका घटनामा कमी आएको बताएका छन् ।

कार्यक्रममा गाउँपालिकाका सदस्य तथा वडा अध्यक्षहरुले दलित तथा महिलाको क्षेत्रमा आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेको छन्।


  •  
  •  
  •