पोखराबाट जोमसोम उडेको विमान बेपत्ता

568
  •  
  •  
  •  

काठमाडौँ, १२ फागुन(ओएनएस) : पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कबिहिन भएको छ ।

पोखरा विमानस्थलबाट बुधबार बिहान पौने ८ बजे जोमसोमका लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज सम्पर्कबिहिन भएको हो । विमानमा चालकदलका तीन सदस्यसहित २० जना सवार रहेको बताइएको छ ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्रको रूप्से झरना नजिकै दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । स्थानीयले आगो लागेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ गएको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।

विमान को-को सवार थिए ?

१) रेवती बराल

२) मुक्तिनाथ वास्तोला

३) बिनिता भट्टचन

४) कृष्णलाल भट्टचन

५) दिलकुमारी गौचन

६) देवीजंग गुरुङ

७ ) फन्जोक गुरुङ

८) लक्ष्मी हिराचन

९) मोति बहादुर केसी

१०) पवित्रा केसी

११) लेप्साङ लामा

१२) बालकृष्ण न्युरे

१३) कान्छा परियार

१४) डोल्मा छिरिङ शेर्पा

१५) राजकुमार तामाङ

१६) कमला थकाली

१७) यिंग माक सिउ

१८) रल्राशेद अहेमद

क्याप्टेन :रोशन मानन्धर

को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत

विमानमा रहेका अन्य दुई बालकको नाम खुल्न सकेको छैन ।


  •  
  •  
  •