बेपत्ता तारा ‍एयर विमान: स्थलगत पुष्टि गर्न सेना दुर्घटनास्थलतर्फ

53
  •  
  •  
  •  

काठमाडौं । तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गएको छ । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।

फाइल तस्बिर : सम्पर्कविहीन भएको ताराको जहाज ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने, ‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्प्र ।’

काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलतिर गएको छ ।

पोखराबाट जाेमसाेम उडेकाे तारा एयरलाइन्सकाे जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ। चालक दलका तीनसहित १९ यात्रु रहेकाे विमानस्थलले जनाएको हाे।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किस्मी थापा थिए। यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन्।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ।

 


  •  
  •  
  •