तारा एयरको विमान सम्पर्क विहीन

48
  •  
  •  
  •  

काठमाडौं । तारा एयरको विमान सम्पर्क विहीन भएको छ । एयरको नाइन एन एई टिक जहाज सम्पर्क विहीन भएको हो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको हो ।

पोखराबाट ९ बजेर ३४ मिनेटमा उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्क बिहिन भएको हो। जहाज सम्पर्क बिहिन हुँदा १२ हजार ८ सय २५ फिटको उचाईमा थियो । जहाजको अन्तिम लोकेसन म्यादीको शिखा क्षेत्र रहेको छ ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएको ९ एन एईटी विमानमा १९ जना यात्रु थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज बिहान ९ः३४ बजे उडेको थियो ।


  •  
  •  
  •