आगलागी पीडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

151
  •  
  •  
  •  

sushil_koirala20130701002काठमाडौं, १० चैत (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङ् बजारमा आगजनीबाट भएको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल राहत दिन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कोइरालाले अग्नि पीडितहरुलाई तत्काल राहत , बसोबास र पुनःस्थापनाका कार्र्यक्रम तुरुन्त आरम्भ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गरी उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन,सुरक्षा निकाय र सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई अपिल पनि गरेका छन् । ।

आवासीय क्षेत्रको विकास र भवन निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी आगलागी जस्ता आकास्मिक र भयानक घटनाको क्षति न्यूनिकरण गर्नेतर्फ पनि संबन्धित निकायको ध्यानाकृष्ट गराएका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा सोमबार साँझ भिषण आगलागी भएको थियो । तोक्मे डाँडा नगरपालिकाको मुख्य बजारबाट साँझ ७ बजे सुरु भएको आगलागी राति १० बजे मात्रै आगो निभेको थियो । आगलागीबाट ४५ घर जलेर नष्ट भएको छ । आगलागिबाट ९० परिवार घरवारविहिन भएको छ । मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।


  •  
  •  
  •