ताप्लेजुङ हेलिकप्टर दुर्घटना : जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटियो

424
  •  
  •  
  •  

ताप्लेजुङ, २२ फागुन(ओएनएस) : ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्नेभीरको जंगलमा गत बुधबार हेलिकोप्टरमा निधन भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल भेटिएको छ ।

फाइल तस्बिर

दुर्घटनाको उद्वार सकिएपछि घिमिरेले बोकेको पेस्तोलको खोजीमा सुरक्षाकर्मी परिचालित भएका थिए । मंगलबार दिउँसो सो पेस्तोल फेला परेको बताइएको छ ।

अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले उक्त पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो ।

दुर्घटनामा ७ जनाको निधन भएको थियो । घिमिरे मन्त्री अधिकारीको पिएसओका रुपमासँगै गएका थिए ।


  •  
  •  
  •