ताप्लेजुङकाे इको भ्यु पोइन्ट होटलमा आगलागी, लाखाैँकाे क्षति

257
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, दमकल र स्थानीयको उपस्थितिमा एक घण्टा पछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । होटलमा बिहान करिब पौने ६ बजे आगो लागेको प्रहरीले जनाएकाे छ।

आगलागीले होटलको माथिल्लो तलामा रहेको रेष्टुरेण्ट र किचन जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहानै बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •