दुई पत्नीको सहयोगमा तान्त्रिकद्धारा युवतीको बलात्कार

166
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, २ कात्तिक (एजेन्सी) : एक तान्त्रिकलाई २३ वर्षकी युवतीको बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई बलात्कारका लागि उनका दुई पत्नीले सहयोग गरेको बताइएको छ ।

भारतको अर्मोलीमा आफ्नो बाबु हराएको चिन्तामा परेकी ती युवतीलाई उनका एक साथीले दिएको सल्लाह अनुसार हेराउनका लागि तान्त्रीक मामा चौहानकहाँ पुगेकी थिइन् । चौहानले युवतीलाई बाबु खोजिदिने भन्दै आफूले भनेको मान्नु पर्ने बताएर उनको शारीरिक शोषण गरेका थिए । चौहानले ती युवतीलाई ४ दिनसम्म बलात्कार गरेपछि चौहानविरूद्ध ती युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

चौहानलाई बलात्कार गर्ने क्रममा उनका दुई पत्नीहरूले समेत सहयोग गरेका थिए । चौहानका पत्नीहरुले पहिले शारीरिक शोषणका लागि दवाव दिएका थिए र पछि यदी कसैलाई भने मारिदिने धम्कीसमेत दिएका थिए ।

प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्दा बलात्कार गरिएको पाएपछि चौहान र उनका दुई पत्नीलाई समेत पक्राउ गरिएको छ ।


  •  
  •  
  •