तनहुँ सेती सुचारु हुने

152
  •  
  •  
  •  

काठमाडौं, १४ पुस (ओएनएस) कुल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको काम सुचारु रुपमा अघि बढ्ने भएको छ ।

सो आयोजनाको परामर्शदातालाई खारेज गर्ने उर्जा मन्त्रालयको निर्णय विवादमा परेपछि सो समस्याको समाधानको लागि प्रधानमन्त्री र शीर्ष नेताहरु सहित विभिन्न चरणमा छलफल भएपछि यो काम सुचारु रुपमा अघि बढ्ने भएको हो ।

तनहुृँ र गण्डकी सहित सो क्षेत्रका सभासदहरु एवं विशेष गरी नेपाली काँग्रेसका उपभासभापति रामचन्द्र पौडेलले मुलुकले उर्जा सङ्कट भोगिरहेको अहिलेको अवस्थामा सो आयोजनाको कामलाई अघि बढाउन विभिन्न तहमा छलफल एव् प्रयासहरु अघि बढाउनुभएको थियो ।

उपसभापति पौडेलले आज पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग यसबारेमा छलफल गर्नुभएको थियो । सो अवसरमा नेकपा एमालेका अध्यक्ष ओलीले विकास निर्माणका कामलाई अघि बढाउन आफू सकारात्मक रहेको र सो अनुरुप तनहुँ सेती जलविद्युत आयोजनको कामलाई अघि बढाउन उर्जा मन्त्री राधा ज्ञवालीलाई आग्रह गरिसकेको जानकारी गराउनुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

ऊर्जा मन्त्रालयले सो आयोजनाको परामर्शदाताको अनुमतिपत्र खारेज गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी गरेपछि लगानीकर्ता एसियाली विकास बैंक(एडिबी) असन्तुष्ट बन्दै आएको तथ्य सार्वजनिक भएको थियो । ऊर्जाले यही पुस ४ गते परामर्शदाता जर्मन कम्पनी ल्यामेयरको अनुमतिपत्र खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको जनाएको थियो ।


  •  
  •  
  •