सत्तारुढ दलनै ‘प्रतिपक्षमा बस्छौं’ भनेपछि अाेली-प्रचण्ड तनावमा

490
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : सत्तारुढ दलनै ‘प्रतिपक्षमा बस्छौं’ भनेपछि बाम सरकारमा खैलाबैला मच्चिएकाे छ।

सत्तारुढ दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुपमै यस्ताे अभिब्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा अाेली र सत्तारुढ दल नेकपा माअाेवादीका अध्यक्ष प्रचण्डलार्इ तनाव भएकाे छ।

राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच भएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे ठाडाे चेतावनी सरकारलार्इ दिएका छन्।

अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म सरकारमा नजाने समेत बताए।

सरकार गठनका बेला केपी शर्मा ओलीलाई मतदान गरेका यादवले भने, ‘जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गर्छौं।’

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए।

उनले संविधान त्रुटिपूर्ण रहेकाले नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भइरहेको दाबी समेत गरे।

संविधान संशोधन गर्ने स्पष्ट खाका लिएर आउन पनि सरकारसँग आग्रह गर्दै यादवले संविधान संशोधन गर्ने मुद्दा राष्ट्रिय मुद्दा बनेको र त्यसलाई सम्बोधन नगरी आफूहरू सरकारमा सहभागी हुन नमिल्ने पार्टीको अडान पनि रहेकाे दोहोर्‍याए।


  •  
  •  
  •