तमु समाज युएईको नेतृत्वमा गुरुङ निर्विरोध

93
  •  
  •  
  •  

काठमाडौ, २३ साउन(ओएनएस) : तमु समाज युएईको नयाँ नेतृत्वमा उशा गुरुङ निर्विरोध चयन भएकी छिन् । समाजको १० औं महाधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

तमु समाजमा पहिलो पटक महिला नेतृत्व चयन भएको हो । युएईमा रहेका तमुहरुको सबै भन्दा पुरानो संस्था तमु समाजले आफ्नो संस्कार र संस्कृतिको संरक्षणको क्षेत्रमा काम गर्दै तमुहरुलाई संगठित गर्दै आएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा मुनिद्र गुरुङ, द्वितिय उपाध्यक्षमा भगवती गुरुङ, महासचिवमा शिव जंग गुरुङ र प्रथम सचिवमा इन्द्र गुरुङ तथा द्वितिय सचिवमा इशानी गुरुङ चयन भएको छ ।

यस्तै सदस्यहरुमा प्रविन गुरुङ, नन्दजंग गुरुङ, अमृत गुरुङ, यम गुरुङ, पुर्णिमा गुरुङ, प्रिती गुरुङ, भूमिका गुरुङ, सपना गुरुङ, बिक्की गुरुङ, नवराज गुरुङ, लोक गुरुङ, ममता गुरुङ, कमला गुरुङ र भुटानी माया गुरुङ रहेका छन ।

समाजको कोषाध्यक्ष र सल्लाहकार समितिको आउँदो बैठकले मनोनयन गर्ने समाजले जनाएको छ ।


  •  
  •  
  •