ताम्रकार समाजबाट अस्थायी टहरा हस्तान्तरण

183
  •  
  •  
  •  

काठमाडौं ३० साउन(ओएनएस):ताम्रकार समाजको अग्रसरतामा महाभुकम्प पिडीतहरुका लागी निर्माण गरीएको अस्थायी टहराहरु एक समारोहका विच हस्तान्तरण गरियो । ललितपुरको तिच्छुगल्ली स्थित धौमाकुमा निर्माण गरीएको उक्त अस्थायी टहराहरु भुकम्पवाट पिडीत आठ परिवारलाई दिइएको हो ।

ताम्रकार समाजबाट गठित उग्रचण्डी महाभुकम्प विपद व्यवस्थापन समिति र समाजको स्वयमसेवी समूह उग्रचण्डी सेवा ज्यामि खलः, तिच्छुंगल्ली पुचःको श्रमदान, रोटरी कल्व अफ यल तथा अमेरीका स्थित वन भिलेज एट अ टाइम नामक परियोजनाको आर्थिक सहयोग तथा तिच्छुगल्ली टोल सुधार समितिको सक्रियतामा उक्त अस्थायी टहराहरुको निर्माण गरीएको हो ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले राहतको सही सदुपयोग हुनुपर्ने बताए । उनले ताम्रकार समाज लगायत दाताहरु संग प्रशस्त रकम भएकोले उक्त राहत कार्य गरेको नभई उक्त राहतमा दाताहरुको रगत पसिनाको कमाईको अंश रहेको बताए ।
करीब ४ लाख रुपैयाको लागतमा तयार गरीएको उक्त अस्थायी टहरा हस्तान्तरण कार्यक्रममा वरिष्ठ समाजसेवी मोतीलाल शिल्पकार, रोटरीका चन्द्र वज्राचार्य, परियोजनाका प्रतिनिधि वद्रीकृष्ण ताम्रकार, विपद व्यवस्थापन समितिका संयोजक मदन ताम्रकार, समितिका यशकुमार शिल्पकार लगायतले अस्थायी टहरा निर्माण, राहत वितरण आदीका वारेमा वोल्नु भएको थियो । टोल सुधार समितिका अध्यक्ष पवन कुमार ताम्रकारको समापतित्वमा भएको उक्त कार्यक्रममा पिडीतहरुलाई टहराको साँचो तथा दाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।


  •  
  •  
  •