मन्दिर नखुल्दा नाता नगासिने भयो

228
  •  
  •  
  •  

काठमाडौं २७ कात्तिक (ओएनएस) :

हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा यसपटक नखुल्ने भएको छ । भूकम्पको असरले चर्किको मन्दिरमा टीका लगाउने कार्यक्रम बन्द गरिएकाले दाजुभाई र दिदी बिहानी नहुनेहरु यसपटक निरास बन्ने भएका छन् ।
गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा यसपटक भाई टीका प्रभावित भएको छ । मन्दिरमा टीकाको कार्यक्रमराखिएको छैन । बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइ अथवा दाजुभाइ दिदीबहिनीबाट टाढा रहेकाहरुको भीड हरेक वर्ष रानीपोखरीको बालगोपाल मन्दिरमा लाग्ने गर्दथ्यो । वर्षमा एक दिनमात्रै यो मन्दिर खुला हुने गर्दथ्यो जहाँ चिनजानै नभएकाहरुबीच माइती–चेलीको सम्बन्ध स्थापित हुने गर्दथ्यो ।

तर, यसपटक भने उक्त परम्परा तोडिने भएको छ ।तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।


  •  
  •  
  •