मन्दिरको मुख्य पुजारी दलित महिला

177
  •  
  •  
  •  

काठमाडौं ।
पूरै शरीर ढाक्ने पहेंलो वस्त्र । निधारमा पनि पहेंलो फेटा । घाँटीमा सानो गेडाको रुद्राक्ष माला । यी पण्डित होइनन् । यी हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । कथित ‘उपल्ला’ जातका मानिसले खुट्टा ढोग्दा गेरुवस्त्रधारी माता उनीहरुको शिरमा हात राखेर आशीर्वाद दिइरहेकी हुन्छिन् दाङ घोराहीमा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा ।
मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन् । भक्तजनहरुलाई टिका लगाएर आशीर्वाद दिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन, न त उनी नै सोध्छिन् ।

उनको नाम हो पार्वती विश्वकर्मा । उमेर ३८ वर्ष । भारतमा जन्मिएकी पार्वती सात महिनाअघि मात्रै नेपाल आएकी हुन् ।

नेपालमै बस्ने गरी आएकी उनले दाङको घोराही ६ मसिनामा केही जमिन पनि किनिन् । उनमा इश्वरीय शक्ति भएको भन्दै स्थानियले उनलार्इ पुजारी राखेका हुन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •