तामिलनाडुकी मुख्यमन्त्रीलाई चार बर्ष जेल र एक अर्ब भारतीय रुपियाँ जरिवानाको फैसला

123
  •  
  •  
  •  

एजेन्सी, ११ असोज: भारतको तामिलनाडुकी मुख्यमन्त्री जयराम जयललितालाई बैंग्लोरको एउटा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ भने एक अर्ब भारतीय रुपैयाँ जरिमाना तिराउने फैसला गरेको छ ।

१८ बर्ष अघिको एउटा मुद्दामा अदालतले मुख्यमन्त्री जयललिताले गैरकानुनी रुपमा सप्पती आर्जन गरेको निष्कर्ष निकालेको हो । सन् १९९१ देखि १९९६ सम्म झण्डै साढे ६६ करोड भारतीय रुपियाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको आरोप थियो ।

अदालतको आदेशसँग उनको मुख्यमन्त्री र विधानसभा सदस्य दुबै पद गुम्ने छ । भारतको सर्वोच्च अदालतले सन् २००३ मा जयललिताले भ्रष्टाचार गरेको या नगरेको भन्ने बारे निर्णय गर्न विशेष अदालत गठन गरेको थियो।


  •  
  •  
  •