तामाकोशी हाइड्राेमा सेयर नपरेको रकम फिर्ता दिन सुरु

170
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस) : अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको फिर्ता भुक्तानी सुरु भएको छ । गत जेठ २९ गते शेयर बाँडफाँड गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार शेयर बाँडफाड गरेको पाँचौ दिन देखी फिर्ता भुक्तानी गनुपर्ने व्यवस्था अनुसार निर्धारीत समयमै सो कार्य सुरु गरिएको हो ।

फिर्ता भुक्तानीको पहिलो दिन करिव ५ हजार आवेदन कर्ताहरुले फिर्ता भुक्तानी लगेका छन । सेयर खरिदको लागि कुल २ लाख ११ हजार दरखास्त परेको थियो । नागरिक लगानी कोष, एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेड सगै रााष्ट्रिय बाणिज्य बैकका नयाँ बानेश्वर, विशाल बजार , पुल्चोक र सूर्य विनयाक साखाहरुबाट फिर्ता भुक्तानी भैरहेको छ ।

त्यसैगरी उपत्यका बाहिरका ७५ जिल्लामध्ये ६६ मा बाणिज्य बैंकका शाखाहरुबाट र बाँकीका जिल्लाहरुमा सिटिजन्स बैक, मछापुच्छ्रे बैंक र जनता बैंकका शाखाहरुबाट फिर्ता भुक्तानी दिने व्यवस्था गरिएको छ ।


  •  
  •  
  •