माथिल्लो तामाकोसी विवाद

160
  •  
  •  
  •  

काठमाडौं ८ चैत (ओएनएस) : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखाबासीका लागि छुट्याएको सेयर बिक्रि रोकेको छ ।  विवाद बढेपछि दोलखाबासीका लागि छुट्याईएको १० प्रतिशत शेयर तत्काल वितरण नगर्ने निर्णय गरेको छ ।  समस्या समाधान भएपछि मात्रै त्यस विषयमा थप निणर्य गर्ने आयोजनाले विज्ञप्ती निकालेर जनाएको छ ।

त्यस्तै निर्माण कार्यमा अवरोध गरिरहेका मजदुरलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ । आयोजनाले विज्ञप्ती निकालेर गएको  फागुन २९ गतेदेखि आयोजनामा सेयर माग गर्दै जारी राखिएको आन्दोलन स्थगित गरी वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।

आयोजनाले सेयर निष्काशन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी समेत नेपाल धितोपत्र बोर्डलाई गराएको जनाएको छ । मजदुरको माग सम्बोधन गर्न आयोजना तयार रहेको स्पष्ट पार्दै समस्या समाधान गरी आयोजनाको कामलाई प्रभावित हुन नदिन समेत ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।

अन्य सञ्चयकोषका कर्मचारी, सञ्चयकर्ता, राष्ट्रिय विमा संस्थान, नेपाल टेलिकम, आयोजनाका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारीहरूको हकमा भने सेयर संकलन चैत १५ सम्म हुनेछ ।


  •  
  •  
  •