वर्ष २०१४ मा हंगामा पिटेका तस्विरहरू…

448
  •  
  •  
  •  

सन् २०१४ वर्ष हामीबाट बिदा हुँदैछ । यस वर्षमा केही मिठा त केहि तीता घटनाहरू घटे । केही हृदय विदारक थिए त केही घटनाले मानिसलाई खुसी पनि दिए । तर, यस वर्ष खुसी दिने खालका घटनाहरू भन्दा दुःखका घटनाहरू नै चर्चामा रहे । यस्तै सन् २०१४ मा भएका विभिन्न घटना जुन तस्विरमा उतारिएका छन् र सामाजिक सञ्जाल तथा मिडियामा निकै चर्चित भएका छन् । ती मध्येका केही तस्विरहरू यहाँ प्रस्तुत गरिएका छन् । यी तस्विरहरूमा विश्वमा नै चर्चा कमाएका र नेपालभित्र चर्चा कमाएका केही तस्विरहरू रहेका छन् । हेरौ ती तस्विरहरू…

talking-photos-of-2014-social-media
आईएसआईएसका आतंककारीहरूले गत नोभेम्बरमा १५ सिरियाली सैनिकको एकसाथ घाँटी काटिदिएका थिए । यसपछि सबै टाउकोहरू उनहरूको शरिरमाथी राखेर खुसी मनाएका थिए । सिरीयामा अहिलेसम्म आईएसआईएसले ६ सय सीरियन सैनिकहरूको घाँटी छिनाइसकेका छन् ।

talking-photos-of-2014-social-media2
लण्डनको सडकमा मानिसहरुलाई हैरान पार्ने गरी एक युवतिले एक युवकलाई कुकुरलाई जसरी गलामा डोरीले बाँधेर शहरमा घुमाउँदै थिइन् । यसको कारणबारे सोध्दा ती युवतीले युवकले शर्त हारेको कारण शर्त अनुसार उनलाई त्यसरी घुमाइएको उनले बताएकी थिइन् ।
talking-photos-of-2014-social-media3
दिल्लीमा १२ का एक छात्र चिडियाखाना घुम्ने क्रममा बाघलाई नजिकबाट हेर्ने खोज्दा बाघको बास्स्थानमा खस्न पुगे । मकसुद नामका ती छात्र त्यहाँ खसेपछि पनि एक बाघ आईपुग्यो र करिब १५ मिनेटसम्म मकसुदलाई हेरिरह्यो । जब बाघ फर्कने सुर गर्दै थियो, सोही समयमा कसैले बाघलाई ढुङ्गाले प्रहार गरे, त्यसपछि बाघ फर्किएर मकसुदको घाँटी समातेर लग्यो र उसको ज्यान लियो ।
न्युयोर्कमा १ सय वर्षीया एक हजुरआमाले आकाशबाट हामफालेर सबैलाई अचम्मित पारिदिइन् । उनले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुसको कीर्तिमान तोडिदिएका छन् । बुशले आफ्नो ९० औ जन्मदिनमा स्काई डाइभिंग गरेका थिए । कनिंगम नामकी ती महिलाले आफ्नो स्वास्थ्यले आफूले चाहेको काम गर्न दिने बताएकी थिइन् ।

चीनको झेंजियांगमा एक कारमाथी निकै भारी सिमेन्ट मिक्सर खसेको थियो । उक्त मिक्सर खसेपछि उक्त कार चकनाचुर भएको थियो । तर अचम्मको कुरा के भने उक्त कारमा रहेकी महिला भने सुरक्षित रहेकी थिइन् । उनलाई कतैपनि चोट लागेको थिएन । ती महिला करिब साढे २ घण्टासम्म कारमा नै रहिन् । उद्धारकर्मीको निकै लामो प्रयासपछि उनलाई सकुसल कारबाट निकालिएको थियो ।

अष्ट्रेलियाका क्रिकेटर फिलिप हग्सलाई एक लिग प्रयोगिताका क्रममा सिन एबोटको बाउण्सर लागेर निधन भयो । उक्त समयमा उनको निकै चर्चा भएको थियो । उनी बलले लागेपछि २ दिनसम्म कोमामा गए र पछि संसार त्यागे । बलले लागेपछि मैदानमा ढलेका उनको उक्त तस्विर निकै चर्चामा रह्यो ।

नेपाली फोटोग्राफर नरेन्द्र श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेको तस्विर निकै चर्चामा रह्यो । साथै उक्त तस्विरले 'टाइम्स दी मोष्ट सप्राईजिंग फोटो अफ २०१४' को रूपमा समेत चुनिन सफल भयो । यस तस्विरमा बाबुको मुख हेर्ने औँशीका दिन बाबुको संस्कार गर्ने क्रममा पुरोहितले एक व्यक्तिको टाउकोमा चामल र पात राखिदिएको उक्त तस्विर अनौठो देखिन्छ । यस्तै, तस्विरमा देखिने टुप्पीले तस्विरलाई थप आकर्षक बनाएको छ ।
नेपाली फोटोग्राफर नरेन्द्र श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेको तस्विर निकै चर्चामा रह्यो । साथै उक्त तस्विरले ‘टाइम्स दी मोष्ट सप्राईजिंग फोटो अफ २०१४’ को रूपमा समेत चुनिन सफल भयो । यस तस्विरमा बाबुको मुख हेर्ने औँशीका दिन बाबुको संस्कार गर्ने क्रममा पुरोहितले एक व्यक्तिको टाउकोमा चामल र पात राखिदिएको उक्त तस्विर अनौठो देखिन्छ । यस्तै, तस्विरमा देखिने टुप्पीले तस्विरलाई थप आकर्षक बनाएको छ ।
विश्वकप फुटबलका क्रममा कोलम्बियाली खेलाडीको खुट्टासँग ठोक्किएर ब्राजिलका स्टार खेलाडी नेयमारको ढाडको हाड नै भाच्चिएको थियो । नेयमार ढाडको हाड भाचिएर अस्पताल पुगेपछि ब्राजिलको विश्वकप जित्ने सपनामा ठुलो धक्का लागेको थियो ।

चलचित्र पिकेको पोष्टरमा रहेको अमिर खानको नांगो तस्विरलाई आधार बनाएर नेपाली शीर्ष नेताहरूलाई व्यंग्य गर्दै सोही शैलीमा नग्न रूपमा प्रस्तुत गरिएको कार्टुन पनि नेपालीहरूबीच सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको थियो । उक्त कार्टुन रवीन्द्र मानन्धरले खिचेका हुन् भने उक्त कार्टुनले नेताहरूलाई लाज नभएका देशका मुख्य पात्रहरूका रूपमा देखाउन खोजेको भान हुन्छ ।