काठमाडौ, २ पुस(एजेन्सी) :पेशावरको एक सैनिक विद्यालयमा भएको हमलापछि प्राय सबै अन्तराष्ट्रिय विमान कम्पनीहरूले पेशावर विमानस्थलमा आफ्ना विमान उडान गर्न अस्विकार गरेका छन् । यस्तै, पाकिस्तानको सरकारी विमान कम्पनी पीआईएका विदेशी क्रु मेम्बरहरूले पनि पेशावरमा सेवा दिन अस्विकार गरेका छन् ।
युएईले आफ्नो कुनै विमान पेशावर नपठाउने निर्णय गरेको छ । मंगलबार विद्यालयमा भएको हमलामा तालिबानका आतंककारीहरुले विद्यार्थी, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक र अन्य कर्मचारीहरूसहित करिब १ सय ५० जानको हत्या गरेका थिए ।
अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले सुरक्षाकर्मीहरूले विद्यालयमा रहेका आतंकाकारीहरूलाई मारेर विद्यालय आफ्नो कब्जामा लिएको जनाएका छन् । विद्यालय नियन्त्रणमा लिएपछि त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई मुक्त गरिएको छ ।