पेशावर विद्यालय आक्रमणः शिक्षिकालाई जिउँदै जलाइयो

213
  •  
  •  
  •  

peshawar-school-attack1काठमाडौ, २ पुस(एजेन्सी) : पाकिस्तानको पेशावरमा रहेको एक सैनिक विद्यालयको एक आर्मी स्कूलमा भएको आतंककारी हमलामा १ सय ४१ जनाको हत्या गरिएको छ । तीमध्ये १ सय ३२ जना विद्यार्थी रहेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले सुरक्षाकर्मीहरूले विद्यालयमा रहेका आतंकाकारीहरूलाई मारेर विद्यालय आफ्नो कब्जामा लिएका छन् । विद्यालय नियन्त्रणमा लिएपछि त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई मुक्त गरिएको छ । यस घटनाका क्रममा आंतककारीहरूले निकै क्रुर व्यवहार गरेका थिए । केही क्रुरताहरू यस्ता छन्…

शिक्षिकालाई जिउँदै जलाइयोः हमलाका क्रममा आतंककारीहरुले एक शिक्षिकालाई जिउँदै जलाएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार ती शिक्षिकालाई जिउँदै जलाएर विद्यार्थीहरूलाई जबरजस्ती उक्त दृश्य हेर्न लगाएका थिए । ती शिक्षिका सुवेदारकी पत्नी रहेको बताइएको छ । शिक्षिकाका छोरा पनि उक्त विद्यालयमा पढ्थे, उनलाई पनि आतंककारीहरुले मारेका छन् ।

भाग्न खोज्ने विद्यार्थीलाई नमेरसम्म गोली प्रहारः अर्का एक प्रत्यक्षदर्शीका अनुसार आतंककारीहरुले बच्चाहरूलाई लाइनमा उभाएर गोली प्रहार गरी हत्या गरेका थिए । हमलामा बचेका एक विद्यार्थीका अनुसार भागरिरहेका बच्चाहरूलाई नमरेसम्म गोली प्रहार गरिरहेका थिए ।

[box type=”shadow” ]हमला किन गरियो ?

तहरीक-ए-तालिवान पाकिस्तानका प्रवक्ता मोहम्मद खुर्रासानीले उक्त हमलाको जिम्मेबारी लिएका छन् । मोहम्मदले एक गोप्य स्थानबाट सञ्चारमाध्मयसँग कुराकानी गर्दै उनले ६ जना आतंककारीहरूलाई विद्यालयमा पुगेर हमला गर्ने आधेश दिएको बताए । उनले भने, ‘सेनाद्धारा चलाइएको अपरेशनको विरूद्ध यो हमला गरिएको हो ।’ उनले हमलाकारीलाई विद्यार्थीहरूलाई मार्ने आदेश दिइएको समेत खुलासा गरेका थिए ।

उनले हमलाकारीले साना बच्चाहरुलाई छाडेका थिए । खुर्रासानीले सेनाको अपरेशन जर्ब-ए-अज्ब र अपरेशन खैबर-१ का कारण यो हमला गरिएको बताएका छन् । यी दुवै अभियान यस क्षेत्रमा चलिरहेको छ र पाँच वर्षदेखी तालिबानका गढ हो । [/box]

शिर झुकाएर बसेका विद्यार्थीलाई गोली प्रहारः एक घाइते छात्र मुदसिर अवानले आतंककारिहरू ढोका फोरेर कक्षामा आए । शिर झुकाएर बसेका बच्चाहरूलाई गोली प्रहार गरी गोली हानेका थिए । पछि बाल्कोनीमा आएर भाग्दै गरेका बच्चाहरूलाई गोली प्रहार गर्दै हत्या गरेका थिए ।

कराउन नछाडेसम्म गोली प्रहारः एक छात्र शाहरूखले आतंककारीले पहिले मेरो शिक्षकको हातमा गोली हाने र उनी कराउन थालेपछि आतंककारीहरुले उनी नजिकै आएर उनीमाथी कराउन नछाडेसम्म गोली बर्साइरहेको बताए ।

एक आतंककारीले आफैलाई विस्फोट गराए, अन्यले गोली बर्साएः विद्यालयका कर्मचारी हामिर शेखले एक आंतककारीले ६० जना विद्यार्थी भएको कोठामा आफूलाई विस्फोट गराएको बताएका छन् । अन्य हमलाकारीले गोली बर्साइरहे । बच्चाहरूको आड लिएर सुरक्षाकर्मीमाथी गोली प्रहार गरिरहे । फेरी बच्चाहरूलाई खोजी खोजी मार्न थाले ।

शिक्षकले भने, ड्रिल भइरहेको छः छात्र एजाज मोहम्मदले आतंककारीले फायरिङग सुरू गरेका थिए । बच्चाहरू तर्सिएका थिए, यता शिक्षिकले विद्यार्थीहरूलाई शान्त राख्नका लागि भने, सबै ठिक छ, ड्रिल भइरहेको बताइन् । आवाज जब ठूलो हुँदै गयो तब, शिक्षिकाले सबैलाई टाउको झुकाउन लगाइन् र सबै ढोका बन्द गरिदिइन् ।


  •  
  •  
  •