तालिवानी आतंकवादी होइनन् : अमेरिका

299
  •  
  •  
  •  

josh-ernestकाठमाडौ, १६ माघ(एजेन्सी) : अफगान तालिबानलाई अमेरिकाले आतंकवादी संगठन नभएको बताएको छ । तर, अमेरिकाले तालिवानीले अपनाउने जुक्तिलाई भने आतंकवादको जस्तो भएको बताएको छ ।

व्हाइट हाउसका प्रेस सचिव जोश अर्नेष्टले बिहिबार संवाददाताहरूसँग कुराकानी गर्दै ‘तालिवानीहरु यस्तो प्रयोग गर्ने छन् जुन आतंकवादसँग मिल्दोजुल्दो देखिन्छ’ भनेका छन् । उनीहरुले आफ्नो एजेण्डालाई अगाडि बढाउनका लागि आतंकी हमला गर्ने गर्छन् ।

उनले अमेरिका तालिवानलाई लिएर यस्तो काम गरिरहेको छ, जसले उक्त संगठनको नेताहरूविरूद्ध यस्तो वित्तिय प्रतिबन्ध लागोस् जसले तालिवानविरूद्धको अमेरिकाको प्रयासमा सहयोगी होस् । अर्नेष्टले तालिवान र अलकायदाबीच फरक थाहा पाउनु महत्वपूर्ण भएको बताएका छन् । उनले तालिबानी आतंकी नीति अपनाइरहेको छ, तर, उनीहरूको आतंकी नीति मुख्य रुपले अफगानिस्तानमा मात्र केन्द्रित भएको बताएका छन् ।

अर्नेष्टले अफगानिस्तानमा धेरै अमेरिकी जनता र सेना रहेका कारण अमेरिका चिन्तित रहेको बताएका छन् । उनले भने, ‘तालिबान निखै खतरानाक संगठन हो । अमेरिकी राष्ट्रपतिले जुन नीति तयार गरेका छन्, त्यो अफगानिस्तानको केन्द्र सरकार र अफगान सुरक्षासंयन्त्रलाई सुदृढ बनाउने स्पष्ट रणनीति हो । यसले उनीहरू आफ्नो देशको सुरक्षा गर्न र तालिबानसँग लड्नकालागि सक्षम हुनेछन् ।’

अर्नेष्टले भने, ‘तालिवानसँग अपनाइने रणनीति अलकायदाविरूद्ध अपनाइने हाम्रो रणनीति भन्दा फरक छ । अलकायदा एक आतंकवादी संगठण हो, जसले अफगानिस्तान र पाकिस्तानको सीमामा आफ्नो बिस्तार गर्ने लक्ष्य लिएको छ ।’


  •  
  •  
  •