काठमाडौ, १४ असार(एजेन्सी) : तालिबानी आतंकवादीहरूले अफगानिस्तानको पश्चिमी हेरात राज्यमा अफगानी सेनाको ११ जवानको हत्या गरेको छ ।
अधिकारीहरूका अनुसार आइतबार साँझ तालिबानी आतंकवादीहरुले जवानहरू सवार रहेको एक पिकअप ट्रकमा हमला गरेका थिए । यो घटनापछि तालिबानी आतंकवादीहरूले जवानहरूको जवानमा लगेका छन् ।
तालिबानी आतंकवादीहरूले पछिल्लो केही समयदेखी लगातार अफगानी सेनाविरूद्धको हमला बढाएको छ । यसमा कयौ अफगानी सैनिकले ज्यान गुमाएका छन् । केहि समय पहिले पनि तालिबानी आतंकवादीहरूले अफगानिस्तानको संसदमा हमला गरेका थिए ।
नाटो सेनाले अफगानिस्तान छाडेपछि लगातार आतंकी हमला भइरहेको छ । नाटो सेनाको एउटा टुकडी अझै पनि अफगनिस्तानमा रहेको छ । उक्त सेनाले अफगानी सेनालाई प्रशिक्षण दिइरहेको छ ।
हेरात राज्यमा गभर्नरका प्रवक्ताले तालिबानी आतंकवादीले एक अधिकारीसमित ११ जवानको हत्या गरेको पुष्टी गरेका छन् ।