तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध

89
  •  
  •  
  •  

एजेन्सी । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न र मिलाउन समेत प्रतिबन्ध लगाएको छ । हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ ।

नाऊहरूले इस्लामको व्याख्याको उल्लंघन गरेको भन्दै दाह्री काटन रोक लगाइएको हो । सो नियम तोड्ने जोकोहीलाई सजाय दिइने चेतावनी तालिबानले दिएको छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन आएको बताउछन । पछिल्लो निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको संकेत गरेको छ ।

तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो । गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ ।

शनिबार चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मार्नुका साथै उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो ।


  •  
  •  
  •