फिल्म ‘तलाश’ को छायांकन सकियो

91
  •  
  •  
  •  

काठमाडौं । फिल्म ‘तलाश’ को छायांकन सकिएको छ । फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

फाल्गुनन्द लिब्देन फिल्मसले निर्माण गरेको फिल्ममा दिनेश लिबदेन र हस्त लिवाबको संयुक्त निर्देशन छ । फिल्ममा विमला खजुम, अन्जिता नेम्बाब, दावा शेर्पा, एलिना बाँस्कोटा, राजकुमार लिब्देन, सोम लामा, दिलिप ठकुरी, विमला खजुमलगायतको अभिनय छ ।

फिल्ममा रोशन वान्तवा राईको संगित, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माबमुको नृत्य छ ।

महिला हिंसा विरुद्धको कथालाई प्रस्तुत गरिएको फिल्ममा दिनेश लिबदेनको लेखन छ । सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि फिल्म प्रदर्शन गर्ने तयारी निर्माण टिमको रहेको छ ।


  •  
  •  
  •