कोरोना संक्रमितको उपचार गर्दा टेकु अस्पतालले धरौटी रकम नलिने

44
  •  
  •  
  •  

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीको उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शैय्या र काउण्डरमा पत्राचार गरिएको बताए ।

यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु २० देखि ५० सम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत अस्पतालले जनाएको छ । ।


  •  
  •  
  •